
मानव ईतिहासको विकाससँगै दिनचर्याका आधारभूत बस्तुहरुको मांग र प्रयोग प्रचुर मात्रामा बढिरहेको छ । यसको ज्वलन्त उदाहरण हो, "पानी" । पानी बाँच्नको लागि एकदमै महत्वपूर्ण चीज हो र विश्वमा अहिले पनि मानिसहरु पानीको खोजीमा सारा दिन बिताइरहेका छन् । पृथ्वीको ७१ % भूभाग पानीले ओगटे पनि अहिले पानीको समस्या दिन प्रति दिन विश्वभर बढ्दै गएको छ ।
सब-सहारन अफ्रिकामा पानीको अभावले दिनहुँ धेरैले ज्यान गुमाउनु परेको छ । विशेषगरी केन्या, कोंगो, चाड, मडागस्कर, सोमालिया, इथियोपिया, रवाण्डा, सेनेगल, दक्षिण सुडान लगायत अन्य अफ्रीकन भूभागहरु देखी लिएर विश्व भरी नै पानीको समस्याले जरो गाडेको छ । पानीको समस्या अफ़्रीकी मुलुकहरुमा मात्र हैन विश्वभरि नै भैरहेको छ तर अफ़्रीकी मुलुकमा भने यो समस्या एकदमै जटिल बन्दै गएको छ । एसियन मुलुकमा पनि पानीको मात्रा घट्दै गएको छ । हालसालै केही दिन पहिले देखि भारतको महाराष्ट्र प्रदेशमा पानीको हाहाकार मच्चिएको छ र पानीको अभावमा सैयौंको मृत्यु भएको छ ।
विश्वमा लगभग १० करोडको हाराहारीमा मानिसहरुले शुद्ध पिउने पानी पाएका छैनन भने लगभग २५ करोड़ मानिसले पानीको दैनिक उपभोग गर्न पाएका छैनन । एक अनुसन्धान अनुसार २०२५ को अन्त्य सँगै विश्वका आधा जनसंख्याले पानीको अभाव झेल्नु पर्ने बताएका छ भने २०३० को अन्त्य सँगै बिकसित मुलुकहरुले अहिलेको तुलनामा ५० % मात्र मांग पूर्ति हुने संकेत गरेका छन । २००६ मा सयुंक्त राष्ट्रले सबैका लागि प्रयाप्त पानी भएको जनाए पनि यसको उचित व्यवस्थापन नभएका कारण अहिले पानीको हाहाकार मच्चिएको छ ।
पानीको सही र पर्याप्त उपभोग हुने हो भने जीवन शैली सुधार हुँदै जान्छन् जस्तै: शिक्षा र स्वास्थ्यमा सुधार , भोकमारी र गरीबी कम हुँदै जान्छन । डब्लूएचओको अनुसार यदि शुद्ध पानी पाउने हो भने झण्डै १४ लाख बालबालिकाहरु बर्षेनी झाडापखालाबाट बच्छन् । पानीको मात्रा काम हुँदै जानुको कारणहरु धेरै छन जस्तै: बढ्दो जनसंख्या, प्रयोगमा हेलचेक्राइ, सामाजिक, राजनितिक, जलबायु परिवर्तन ईत्यादि ।
नेपाल जलस्रोतमा सम्पन्न राष्ट्र भएता पनि कुल जनसंख्याको ८० % ले मात्र पिउने पानीको उपभोग गर्न पाएका छन् । ७० % नेपालका मानिसहरु अझै पनि खोला नालाको पानीमा निर्भर छन जसका कारण बर्षेनी ४४००० बालबालिकाले पानी सङ्क्रमित रोगबाट ज्यान गुमाइरहेका छन् ।
नेपालमा जलबिद्युतको बढ्दो सम्भावना छ तर यसका लागि हामीलाई ठुलो लागतको आवस्यकता पर्छ । विश्वमा पानीको हाहाकारी यती बढिसक्यो कि अब आउने केही बर्ष पछि अहिले पेट्रोल जस्तै पानीको मोल पनि उच्च हुन्छ । पेट्रोल अहिले डलरको भाऊमा विश्व बजारमा बिक्री भईरहेको छ र यही अनुरूपले पानीको मात्रा काम हुँदै जाने हो भने पानी डलरमा बिक्री हुन कुनै समय लाग्दैन ।
सदियौं पहिले धेरै राजा-महाराजाहरुको पानीको निहुमा युद्ध हुने गर्थ्यो त्यस्तै आउने भावी दिनमा बिश्वमा पानीको लागि युद्ध हुदैन भन्न सकिन्न । हामीले अहिले देखि नै शुद्ध पिउने पानीको संरक्षण गर्यौं भने केही समय पक्षात बिश्व बजारमा हामी पानी डलरमा बेच्न सक्छौ । हामीसंग यति धेरै पानीको सम्भावनाहरु छन कि जसरी अहिले खाड़ी राष्ट्रहरु पेट्रोलियम पदार्थको आड़मा आफ्नो अर्थतन्त्र मजमुद बनाएका छन त्यसरी नै हामी पनि आउने केही समय पछि पानी निर्यात गरि अर्थतन्त्रमा सुधार ल्याउन सक्छौ ।
नेपालसंग छिमेकी राष्ट्रहरुले सम्बन्ध गास्न खोजेको एउटा कारण हामी जलस्रोतको सम्पन्न राष्ट्र भएर पनि हुन सक्छ । हामीसंग भएको प्राकृतिक सम्पदामा हाम्रा छिमेकीहरुले आँखा लगाउनु अगाडी नै यी स्रोत र साधनहरुको सही सदुपयोग गरेर हामी आर्थिक हिसाबले पनि सम्पन्न हुन कुनै समय लाग्दैन । जसरी अहिले हामी पेट्रोलियम पदार्थका लागि अन्य मुलुकहरुसंग निर्भर रहन बाध्य छौ त्यसरी नै कुनै दिन पानीको लागि विश्वका अन्य राष्ट्रहरु हामीसंग निर्भर रहनु पर्नेछ ।
0 comments:
Post a Comment